Section 108
सुरक्षाकर्मी राख्न सकिने
मध्यम बाटो र लामो बाटोमा यात्रीबाहक सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीले सो सवारी तथा यात्रीहरूको सुरक्षाको निमित्त सो सवारीमा सुरक्षाकर्मी उपलव्ध गराई दिन नेपाल सरकारसँग अनुरोध गरेमा वा नेपाल सरकारले त्यस्तो सवारीमा सरकारी सुरक्षाकर्मी तैनाथ गर्नु पर्ने आवश्यकता देखेमा लाग्ने दस्तुर लिई आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी उपलव्ध गराउन सक्नेछ ।